धरौटीमा छुटेका माधव नेपालले पार्टी अध्यक्ष पद नछोड्ने


काठमाडौँ । माधव कुमार नेपालले एकीकृत समाजवादीको अध्यक्ष पद नछोड्ने भएका छन् ।
शुक्रबार बसेको पार्टी सचिवालय बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले नेपाल अध्यक्षमा रहिरहने स्पष्ट गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धामा धरौटीमा रिहा भएका नेपाल पार्टी अध्यक्षमा रहिरहने भएका हुन् ।
ज्वालाले संसद पद निलम्बन भएको विषयमा संसदीय दलले बैठक बसेर टुंगाउने तर पार्टी अध्यक्षमा नेपाल रहिरहने बताएका हुन् ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफविरुद्ध लागेको मुद्धाका विषयमा पार्टीमा जानकारी गराएका थिए । ज्वालाले नेपाललाई मुद्धा लागेको विषय पार्टीविरुद्धको लगातार षड्यन्त्रको शृंखला भएको पार्टीको बुझाई रहेको बताए ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको दोस्रो चरणको कार्यक्रमको विश्लेषण, यो बिचमा भएका पार्टीका अधिवेशनको समिक्षा र विभिन्न संगठनात्मक एजेण्डामा छलफल भएको जानकारी दिदै ज्वालाले बैठक शनिबार बिहान साढे ८ बजेदेखि फेरी शुरु हुने बताए ।