पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौँ । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ ।

 बुधबार बिहान रसुवाको उत्तरगया-५  नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई  बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । 

त्यस्तै रुकुम पश्चिमको चौरजहारी- ८ स्थित कालेखोला पुल नजिकै माथिबाट पहिरो आई मध्य पहाडी लोक मार्ग सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

साथै बझाङको जयपृथ्वी- ७ माल्लाभिर स्थित जयपृथ्वी राजमार्ग मा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले राजमार्ग खुलाउने आवश्यक पहल भईरहेको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?