काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बिहान ११ बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड र त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित छात्राबासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।













