जनकपुरधाम । मधेश प्रदेशमा बजेटमाथि भएको विवाद बारे अध्ययन गर्न नयाँ समिति गठन भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका थिए । उनीहरुले विगत एक सातादेखि प्रदेश सभा अवरुद्ध समेत आएका थिए ।
नयाँ समिति उपसभामुख बबिता कुमारी राउत ईशरको नेतृत्वमा १४ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
यसअघि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति पनि भएको थियो । तर, कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखिएकोमा विपक्षी दलहरूले आपत्ति जनाएका थिए ।
विपक्षी दलहरुले कार्यदलबाट मन्त्रीलाई नहटाएसम्म आफुहरुले सहमति नगर्ने बताउदै प्रदेश सभा अवरुद्ध जारी राखेका थिए । शनिबारको पहिलो बैठकमा सभामुख मण्डलले अब आफुले कार्यदलको नेतृत्व नगर्ने घोषणा गरेपछि अब उपसभामुखको नेतृत्वमा कार्यदल गठन भएपछि प्रदेश सभाको अवरोध हटेको छ ।













