वैशाख १२ गते २०८३ --:--:--
मेनु

रेशम चौधरीको परराष्ट्रमन्त्री डा. राणासँग अर्थपूर्ण भेटवार्ता

मेरो आर्थिक मेरो आर्थिक श्रावण ९ गते २०८२ ९:५१ PM
रेशम चौधरीको परराष्ट्रमन्त्री डा. राणासँग अर्थपूर्ण भेटवार्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । बुढानिलकण्ठस्थित निवास पुगेर चौधरीले मन्त्री डा. राणासँग भेट गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा अख्तियारको छानबिनको दयारामा परेको समयमा चौधरीले मन्त्री डा. राणासँग गरेको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

अध्यक्ष रञ्जितासँग विवाद बढेपछि नागरिक उन्मुक्तिमा शक्तिविहीन बनेका चौधरीले विहिबार मात्र भिडियो सन्देश जारी गर्दै रञ्जितालाई केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपको जवाफ दिन चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?