वैशाख ११ गते २०८३ --:--:--
मेनु

संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

मेरो आर्थिक मेरो आर्थिक भाद्र २३ गते २०८२ १२:१५ PM
संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) का नवनिर्वाचित सभापति रामहरी खतिवडाले शपथ लिएका छन् ।

सोमबार खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् । खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा भदौ २० गते निर्बिरोध निर्वाचित भएका थिए ।

शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल,  प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित रहेका थिए । 

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । 

यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?