फागुन १९ गते २०८२ --:--:--
मेनु

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

मेरो आर्थिक मेरो आर्थिक मंसिर २६ गते २०८२ ६:३६ PM
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार जान कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेकी थिइन् । 

राष्ट्रपति कार्यालयमा आयोजित कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।  

राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

शुक्रबार मन्त्री बन्नेमध्ये इङ्नाम अधिवक्ता हुन् । त्यस्तै चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ‘सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?