पौष ६ गते २०८२ --:--:--
मेनु

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८२ ५:५५ AM
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । 

शुक्रबार प्रदेश सभामा लिएको विश्वासको मतमा यादवको पक्षमा ९२ मत परेसँगै यादवले विश्वासको मत पाएका हुन् । आजको मतदानमा ९२ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा र तटस्थमा शुन्य मत परेको थियो । 

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक रहेको छ ।  

सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री यादवले १५ दिनपछि विश्वासको मत लिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?