काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।
विभागले देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको जनाएको छ ।
त्यस्तै आज दिउँसो देशभर आंशिक बदली रहने र आज राति कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।











