पौष ८ गते २०८२ --:--:--
मेनु

सरकारलाई एमालेको सन्देश- अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा निर्वाचनमा जान सक्दैनौं

मेरो आर्थिक मेरो आर्थिक पौष ८ गते २०८२ ५:५९ PM
सरकारलाई एमालेको सन्देश- अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा निर्वाचनमा जान सक्दैनौं

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलको अनुगमन गर्न गएका सरकारका मन्त्रीहरुसहितको सरकारी टोलीसँग एमालेका नेताहरुले अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेका हुन् ।

एमाले उपमहासचिव रघुवीर महासेठले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारेका थिए । महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएका थिए । 

सो अवसरमा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र एमालेका नेताहरुले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको जानकारी दिए । 

मन्त्री खरेलले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने समेत बताए । 

भदौ २४ गते ध्वस्त भएको एमालेको पार्टी कार्यालय अनुगमन गर्न सरकारी टोली आज अनुगमनका लागि गएको हो । सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीलेसरकारी टोलीले आजै नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?