पौष ९ गते २०८२ --:--:--
मेनु

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरो आर्थिक मेरो आर्थिक पौष ९ गते २०८२ ६:१४ AM
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जानकारी दिएको छ ।

देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको छ ।

आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  त्यस्तै आज राती तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?