माघ १८ गते २०८२ --:--:--
मेनु

गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८२ ८:३३ PM
गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुर जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी निर्वाचन तयारी र सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् ।

गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा महाशाखा प्रमुखसहितको टोलीका साथ पुगेका मन्त्री अर्यालले भक्तपुरको क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का प्रमुख निर्वाचन अधिकृत राधिका सुवालसँग भेट गरी निर्वाचन केन्द्रित प्रशासनिक कार्यहरूको जानकारी लिएका थिए ।

सो अवसरमा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रभावकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिए ।

निर्वाचन कार्यालयहरूको निरीक्षण लगत्तै गृहमन्त्री अर्यालले मध्यपुर थिमि–२, सानोठिमीस्थित बाल सुधार गृहको पनि स्थलगत अनुगमन गरेका थिए । गत माघ ८ गते सुधार गृहमा भएको आगजनी र तोडफोडको घटनापश्चात् त्यहाँको पछिल्लो वस्तुस्थिति बुझ्न मन्त्री अर्याल सुधार गृह पुगेका थिए । सो क्रममा उनले उक्त घटनापछि सुधार गृहमा रहेका १८ वर्ष माथिका बाल बिज्याइँकर्ताहरूलाई नुवाकोटस्थित कारागारको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको जानकारी समेत गराएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?