झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापा–५ अन्तर्गत दमक क्षेत्रमा बिहानैदेखि घरदैलो अभियानमा सक्रिय भएका छन् ।
आइतबार बिहान बालेनले दमकमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो सुनेका छन् । सो क्रममा स्थानीयवासीले बालेनसँग रोजगारी अभाव, पूर्वाधार विकासको ढिलाइ, खानेपानी समस्या, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर जस्ता विषय उठाएका छन् । बालेनले नागरिकका यस्ता समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्ने बताएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा झापा-५ मा विभिन्न दलका नेताहरूको सक्रियता बढेको छ ।
केहि दिन पश्चिममा चुनावी सभामा सक्रिय भएका बालेन अब भने आफ्नै क्षेत्रमा केन्द्रित हुने गरि झापा पुगेका छन् ।
यस क्षेत्रमा बालेनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।













