फागुन २३ गते २०८२ --:--:--
मेनु

कुलमानलाई हराउदै काठमाडौँ- ३ बाट रास्वपाका पाण्डे विजयी

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ १०:३३ PM
कुलमानलाई हराउदै काठमाडौँ- ३ बाट रास्वपाका पाण्डे विजयी

काठमाडौँ । काठमाडौँ- ३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।

पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५८६ मत अन्तरले पराजित गरेका हुन् । पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । त्यस्तै कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने एमल का रामेश्वर फुयालले ३ हजार ५१६ मत प्राप्त गरेका छन् ।

यो अहिलेसम्म रास्वपाको चौथो जित हो । रास्वपाले काठमाडौँ- १, ६ र ८ मा जितिसकेको छ ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?