काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले १९ हजार २१३ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ११ हजार ११३ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन हाल ८१०० मतले पछि रहेका छन् ।
त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले ३५२९ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ११४४ मत प्राप्त गरेका छन् ।
सर्लाही- ४ मा कुल मतदाता १ लाख २१ हजार १२ रहेकोमा ७७ हजार ९३१ मत खसेको थियो । यस क्षेत्रमा अहिलेसम्म ३९ हजार ८३२ मत गणना भएको छ ।













