काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले लज्जास्पद हार बेहोरेका छन् ।
रौतहट-१ बाट उम्मेदवार बनेका नेपालले ७ हजार ७६९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । यस क्षेत्रबाट रास्वपाका राजेश कुमार चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिष्पर्धी एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ र नेपाली काँग्रेसका अनिलकुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन् ।
नेपालले यस क्षेत्रबाट २०५६, २०७० र २०७९ मा जितेका थिए ।













