फागुन २४ गते २०८२ --:--:--
मेनु

सुशिला कार्कीलाई राष्ट्रपति बनाउन महावीर पुनको प्रस्ताव

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८२ ७:४३ PM
सुशिला कार्कीलाई राष्ट्रपति बनाउन महावीर पुनको प्रस्ताव

काठमाडौँ । पूर्व शिक्षामन्त्री महावीर पुनले सुशिला कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् ।

पुनले भिडियो सन्देश जारी गर्दै वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्- ‘मेरो अन्तर हृदयले प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हालको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको कार्यकाल सकिए पछि राष्ट्रपति बनाउनु पर्छ भनेर भनिरहेको छ । किनभने उहाँले साहसपुर्वक देशलाई अत्यन्तै संकटपूर्ण स्थितिबाट निकास दिन नेतृत्व गर्नुभयो । मैले चापलुसी गरेको पटक्कै होइन । कसैले अन्यथा नसम्झनु होला । मनमा लागेको कुरा भनेको मात्र हो ।’

पुनले हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?