ग्लोबल आइएमई बैंकको नाफामा २३.३६ प्रतिशतले बृद्धि, डेढ अर्ब बढी खुद नाफा : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

ग्लोबल आइएमई बैंकको नाफामा २३.३६ प्रतिशतले बृद्धि, डेढ अर्ब बढी खुद नाफा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ८ गते २०८१

काठमाडाैं, ७ कात्तिक । ग्लोबल आइएमई बैंकले डेढ अर्ब बढी खुद नाफा गरेकाे छ । बैंककाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब बढी भएकाे छ।

विवरणका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले रूपैयाँ १ अर्ब ५१ करोड २१ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्ष सोही अवधिमा याे नाफा रूपैयाँ १ अर्ब २२ करोड रहेकाे थियाे। यसरी हेर्दा नाफामा २३.३६ प्रतिशतले बृद्धि भएकाे छ ।

बैंककाे इम्पेरमेन्ट चार्ज घटेकाेले खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे । बैंकको खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेको छ । खुद फि तथा कमिशन आम्दानी २१.१४ प्रतिशत बढ्दा इम्पेरमेन्ट चार्ज रूपैयाँ १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा रहेकाे छ । सञ्चालन मुनाफामा १९.४० प्रतिशतले बृद्धि भएकाे छ। यसैकाे कारण बैंकको खुद नाफा बढेकाे हाे ।

इपिएस अर्थात प्रतिशेयर आम्दानी बढेको छ। याे आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा कायम भएकाे छ। नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १५.७१ गुणा रहेको छ।

बैंककाे वितरणयोग्य मुनाफा रूपैयाँ १ अर्ब ९१ करोड रहेको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ। बैंककाे चुक्ता पूँजी रूपैयाँ ३६ अर्ब १२ करोड ८७ लाख रहेकाे छ ।

जगेडा कोषमा ७.८४ प्रतिशतले बृद्धि भएकाे छ। निक्षेपमा ५.२३ प्रतिशतले बढेकाे छ भने कर्जा तथा सापटीमा ७.५५ प्रतिशतले बृद्धि भएकाे छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

हाल सातामा चर्चित पोस्ट फेला परेन।