जेठ ६ गते २०८२

दैलेखको जलजले क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

मेरो आर्थिक मेरो आर्थिक पौष ११ गते २०८१ १२:५३ PM

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । साथै यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियोभने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए ।

चीन सरकारको रु दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.