Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै गिरफ्तार

मेरो आर्थिक
मेरो आर्थिक
जेठ ८ गते २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै गिरफ्तार

 कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

अध्यक्ष सिरोहियालाई धनुषा लगिँदै छ । जिल्ला प्रहरी धनुषामा परेको उजुरीबारे सोधपुछलाई अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न दिउँसैदेखि कान्तिपुर केन्द्रीय कार्यालयमा प्रहरी परिचालन गरिएको थियो ।

मंगलबार अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका छन् । 

Add a new comment