काेशी प्रदेशसभामा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
मेरो आर्थिक
जेठ २१ गते २०८१
समयः ९:३६ am
काेशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । यसै गरी प्रदेशसभामा आजै महालेखा परीक्षकको छैटौँ प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।
प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ।