Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

आफू चितवनवासीले हुर्काएको विरुवा: रवि लामिछाने

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ७ गते २०८०

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको विरुवा भएको बताएका छन् । बिहिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

"गत निर्वाचनमा तपाईंहरुले रोपेको विरुवा हुँ म । त्यो विरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरुलाई संकलन गरेर मल बनाएका छौं । हामीले त्यसलाई प्रयोग गर्नेछौं । यसपटक मल त हालिसकेका छौं । अब जल हाल्ने जिम्मेवारी तपाईंहरुको हो ।"

अहिले आफूहरुविरुद्ध सबै शक्ति लागेको उनको भनाइ छ । उनले देशलाई चुस्ने भ्रष्टहरुलाई कारबाही गरेरै छाड्ने जिकिर गरे । अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । चितवनले अब परिवर्तनको घण्टी बजाउने दाबी गर्दै लामिछानेले आफूहरुले परिवर्तनको घण्टी बजाउने बताए ।

Add a new comment