एयरलाइन्सको ८० सिटे नयाँ विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

एयरलाइन्सको ८० सिटे नयाँ विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८१

श्री एयरलाइन्सले ८० सिटे नयाँ विमान नेपाल आइपुगेको छ । कम्पनीका थपेका डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन–एओएमको ८० सिटे विमान नेपाल आइपुगेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो ।

श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति  १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् । ८० सिटको क्यु ४००-८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००/७०० तथा क्यु ४००- गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?