शैक्षिकसत्र २०८१ का लागि विश्वविद्यालयको क्यालेन्डर स्वीकृत, त्रिवि परीक्षाको नतिजा ९० दिनमै : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

शैक्षिकसत्र २०८१ का लागि विश्वविद्यालयको क्यालेन्डर स्वीकृत, त्रिवि परीक्षाको नतिजा ९० दिनमै

मेरो आर्थिक मेरो आर्थिक असार ३१ गते २०८१

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ । रेक्टर खड्ग केसीका अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था क्यालेन्डरमा गरिएको छ ।

शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ । क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अध्ययनसमेत गरिने केसीले बताए । त्रिविमा समयमा भर्ना, पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुने गुनासो छ । नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलाइ हुँदै आएको थियो ।


यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?