बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी बिजुली जोड्ने निर्णय : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी बिजुली जोड्ने निर्णय

मेरो आर्थिक मेरो आर्थिक श्रावण ९ गते २०८१

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६ उद्योगमा मंगलबारदेखि नै बिजुली जोड्ने निर्णय गरेको छ । तीन महिनाभित्र बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी समितिले तत्कालका लागि बिजुली जोड्ने निर्णय गरेको हो ।

समितिले बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का छन् । सदस्यहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, राजस्व सचिव रामप्रसाद घिमिरे, भक्तबहादुर पुन, कपिल आचार्य, भरतराज आचार्य, रतनबहादुर ऐर र सदस्य सचिवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् ।

उनीहरुमध्ये कपिल आचार्य र भक्तबहादुर पुन बक्यौता नउठाई बिजुली जोड्न नहुने अडान राखेका थिए । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणले गत असार २५ यता ६ उद्योगको बिजुली काटेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?