अब बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण दिने : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

अब बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण दिने

मेरो आर्थिक मेरो आर्थिक असाेज १९ गते २०८०

नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो ।

बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । बिहिवार अघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत कर्जा लिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले अब उपत्यकाभित्र तथा बाहिर धितोसँग ऋणको अनुपात (एलटीभी रेसियो) समान ५० प्रतिशत कायम गरेको हो । व्यक्तिगत घरकर्जामा भने ७० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा छ ।

राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा व्यक्तिगत आवधिक कर्जालगायत कर्जा घर र जग्गा धितो राखी प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा लागू हुने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?