भारतद्वारा प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घाेषणा : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

भारतद्वारा प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घाेषणा

मेरो आर्थिक मेरो आर्थिक वैशाख २४ गते २०८१

भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध शनिबार फुकुवा गरेको हाे ।

लोकसभा निर्वाचनका लागि भारतमा नमुना आचारसंहिता लागू भएको छ । सरकारले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनु अघि निर्वाचन आयोगको अनुमति लिएको थियो । यो निर्णयले प्याज खेती गर्ने करोडौं किसान र उपभोक्ताहरूमा प्रत्यक्ष असर पार्ने बताइएकाे छ।

भारत सरकारले ४० प्रतिशत निर्यात शुल्कसहित न्यूनतम निर्यात मूल्य प्रतिटन ५५० डलर (प्रतिकिलो करिब ४६ भारु) लगाएको छ । यो शुल्कलाई ध्यानमा राख्दै अब प्रति टन ७७० डलर वा प्रतिकिलो ६४ भारु भन्दा कम मूल्यमा प्याज निर्यात गर्न पाइनेछैन ।

भारतले प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेकाे थियो । हाल  नेपाली बजारमा प्याजको भाउ एक किलोकाे औसत ६० रुपैयाँ रहेकाे छ । 

प्रतिबन्ध हटाएर प्याज भित्रिने भएतापनि निर्यातमा ४० प्रतिशत शुल्क लाग्ने भएपछि नेपालमा प्याजको भाउ थप महंगिने व्यवसायीहरूकाे भनाइ छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?