इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषित : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषित

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८१

इलामको माई नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । मेयर खम्बासिंह लिम्बूले नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर्नुभएको हो ।

सबै वडालाई पूर्णखोप सुनिश्चितताका आधारमा तथा वडा–वडाको खोप तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभएको छ । पूर्णखोप मापदण्ड र सूचकका आधारमा सबै सर्त पूरा गरी नगरपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइए प्रक्रियाअनुसार खोप दिने व्यवस्था गरेको छ ।

मेयर लिम्बूले व्यक्ति धनी भएर नभइ स्वस्थ भएर देश धनी भयो भने आफूहरू सफल हुने बताउनुभएको छ । उहाँले दक्ष जनशक्ति देशभित्रै सेवा गर्न लाग्नुपर्ने बताउँदै पूर्णखोप लगाउन छुटेमा लगाएर पूर्णखोप साकार बनाउनुपर्ने जनाउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले पूर्णखोप सुनिश्चितताजस्तै अन्य स्वास्थ्य क्षेत्रमा अगाडि बढ्न र सफलता हासिल गर्न सकिन्छ भनेर लाग्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले अस्पताललगायत स्वास्थ्य संस्थालाई स्वायत्त बनाउने सोचमा नगरपालिका रहेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?