Skip to content
logo
मंसिर २९ गते २०८१ समयः

मधेस प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण ३ गते २०८१
मधेस प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने

धनुषा । काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस गत शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका र उक्त घटनामा ३ यात्रु पौडी खेलेर बाँचेका छन् । गणपति डिलक्सका ३ यात्रुहरु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ६२ यात्रु बेपत्ता भएका थिए ।

दुर्घटनापछि नदीमा खोजी गर्दा १७ वटा शव फेला परेको छ जसमध्ये ११ जना ती दुई बसको यात्रु भएको पुष्टि भइसकेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । गणपति डिलक्सका चालक र सहचालकको शवसमेत भेटिएको छ ।
यसै बीच मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने बताए।

दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ, मुख्यमन्त्री सिंहले मेरो आर्थिकलाई भने उक्त रकमको मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ। मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने पनि बताए। यो रकम पनि हाललाई मृतक परिवारप्रतिको ठूलो राहत हो । उनले भने ।

Add a new comment