कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३१ गते २०८१

म्याग्दीको बेनी नगरपालिका–९ स्थित आङ्खखेत कालीमुलको जङ्गलमा भेटिएको कङ्काल परीक्षणको लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको म्याग्दीका डीएसपी भरत श्रेष्ठले बताए । उनले भने–‘डीएनए परीक्षण गर्न काठमाडौँ स्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ ।’

साउन २८ मा कालीमुलको जङ्गलमा गाडेको अवस्थामा कङ्काल भेटिएको थियो । २०८० पुस १६ मा बेपत्ता भएकी बेनी नगरपालिका–घतानकी १९ वर्षीय मिना परियारका आफन्तले सो कङ्काल उनको भएका दाबी गरेका छन् । तर, परीक्षण पछि मात्रै त्यसबारे यकिन गर्न सकिने डीएसपी श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?