Skip to content
logo
कार्तिक २४ गते २०८१ समयः

मध्यरातमा सादा पोशाकका प्रहरी कोटिहोम स्थलमा प्रवेश, दुईजना गिरफ्तार

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र १ गते २०८१
मध्यरातमा सादा पोशाकका प्रहरी कोटिहोम स्थलमा प्रवेश, दुईजना गिरफ्तार

काठमाडौं । पशुपतिको कोटिहोम स्थलमा मध्यरातमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको थियो । गए राति मध्यरातमा सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेर हातपात गरेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

भिडियोमा फेसबुक लाइवमार्फत मानव सेवा फाउण्डेशनका अध्यक्ष तथा कोटिहोमका मुख्य संकल्पकर्ता विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् । फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको अभिव्यक्ति दिएका छन् । त्यस्तै उनले तथा समर्थकहरुले सामाजिक सञ्जालमा बिभिन्न पोष्टहरु शेयर गर्दै मध्यरातमा प्रहरीले गुण्डागर्दी शैलीमा हमला गरेको आरोप लगाएका छन् । भिडियोमा प्रहरीले मध्यरातमा महिलामाथि कुटपिट गरिएको पनि बताइएको छ ।
काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको र दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन् । शुक्रबार कोटिहोमको समापन थियो । समापनपछि मध्यराति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

उनीहरुले प्रहरीको काम सुरक्षा प्रदान गर्ने भएको भन्दै मध्यरातमा रक्सी खाएर धरपकड गर्नु गुण्डागर्दी शैली भएको बताएका छन् । विजय कृष्ण मुर्तिले भने आन्दोलन शुरु भएको र वारपार नभई पछी नहट्ने बताएका छन् ।

Add a new comment