विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

नवलपरासी । नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?