युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रका गैरआवासीय राजदूत नियुक्त : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रका गैरआवासीय राजदूत नियुक्त

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा. शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?