पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, बयान शुरु : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, बयान शुरु

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार जिल्ला अदालत काठमाडौँमा हाजिर भएका पाठकको न्यायाधीश खेमराज भट्टको इजलासमा बयान बयान शुरु भएको छ । आजै थुनछेक बहस हुने र त्यसपछि आदेश आउने भएको छ । 

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर युट्युबमा सामग्री प्रसारण गरी आफू विरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?