वैशाख ११ गते २०८३ --:--:--
मेनु

आरोप प्रमाणित भए राजीनामा दिन्छु: कार्की

मेरो आर्थिक मेरो आर्थिक असार १ गते २०८० १०:५१ AM
आरोप प्रमाणित भए राजीनामा दिन्छु: कार्की

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको बताएका छन् ।

उनले अघि भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’ संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । संसदीय सुनुवाइ समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय विषयबस्तुको उत्तर दिन सक्ने अवस्थामा आफू नरहेको पनि बताए ।

‘कुनै इजलासले गरेको फैसलाको बारेमा टिकाटिप्पणी गर्न प्राज्ञिक क्षेत्र वा संस्थाबाट पाइन्छ । विश्लेषणात्मक टिप्पणी र आलोलचना गर्न प्राज्ञिक संस्थालाई मैले आग्रह गर्दै आइरहेको छु,’ उनले भने, ‘तर त्यो तथ्य, दर्शन, सिद्धान्त, मूल्य र मान्यतामा आधारित हुनुपर्छ । अदालतलाई अनावश्यक लाञ्छना लगाउने कार्य शोभनीय हुन सक्दैन ।’ : उनले बताएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?