संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन भएपछि शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।
सपथका लागि तयारी अवस्थामा रहेको भन्दै समयमै पत्र आइपुगे आजै सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै सपथ गराउने तयारी भएको छ ।













