Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कोशी प्रदेशमा राजनितिक दाबी पेस, आजै सनाखतका लागि आह्वान

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २७ गते २०८०
कोशी प्रदेशमा राजनितिक दाबी पेस, आजै सनाखतका लागि आह्वान

लामो समय अस्थिर रहेको कोशी प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई शनिबारको समय तय गरेका छन् । कोशी प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ जारी सूचनामा उल्लेख भए अनुसारः माननीय प्रदेश प्रमुखज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि मिति २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम मिति २०८०–६–२६ गते अपराह्न ५ः०० बजेसम्म कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्र बहादुर आङ्वो र माननीय केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले मिति २०८०–६–२७ गते शनिबार बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।


यसरी सनाखत भएको बहुमत सदस्यको संख्या पुगेमा कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि योग्य हुने बुझिएको छ । कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्र बहादुर आङ्वो र माननीय केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले यो निर्णय लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

Add a new comment