वैशाख ११ गते २०८३ --:--:--
मेनु

स्वास्थ्यलाभ गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ९ गते २०८० ७:४७ AM
स्वास्थ्यलाभ गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
pkk|wfgdGqL tyf u[xdGqL >]i7 :jb]z kms{+b} sf7df8f}F, * sflQs M pkk|wfgdGqL tyf u[xdGqL gf/fo0fsfhL >]i7 hgjfbL u0ftGq rLg e|d0faf6 :jb]z kms{+g' x'Fb} . tl:a/ M gaLg kf}8]n÷/f;;

चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ गत बुधबार स्वदेश फर्किएका छन् । उनी भ्रमणको क्रममा स्वास्थ्यमा समस्या आएसँगै स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका हुन् ।

भ्रमणको क्रममा उनलाई त्यहीँ हृदयाघात भएपछि बेइजिङमा उपचार गराइएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको जनाइएको थियो । गत १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन श्रेष्ठ चीन गएका थिए ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको थियो । हाल उनीको स्वास्थ्यमा कुनै समस्या नभएको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?