नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार ५ हजार कार्यदिनभन्दा बढी खट्ने जुन एक करोड भन्दा बढीको श्रम हुनेछ । श्रम अन्तर्गत हजारौ अस्थाई आवास बनाएर नागरिकहरुलाई न्यानो प्रदान गर्ने बताए । स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्ने बताइएको छ ।













