Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा छुट्टाछुट्टै प्रदर्शन गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ७ गते २०८०
आज राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा छुट्टाछुट्टै प्रदर्शन गर्दै

काठमाडौंको फरक–फरक दुई ठाउँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । आज बिहीबार कै दिन नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंका अनुसार बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गर्नेछ भने नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गर्ने भएको छ ।

यस अघि दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रमको घोषणा गरेका थिए । हालको परिस्थिति अनुसार दुवै पक्ष एक अर्का प्रति आरोप प्रत्यारोपमा लागेको कारण झडपको संभावना बढेकोले छुट्टा छुट्टै ठाउँ उपलब्ध गराईएको थियो । प्रदर्शनमा हिंसा फैलने डरले सरकारले काठमाडौंको माइतीघर मण्डला, प्रधान मन्त्री निवास आसपासका क्षेत्रहरुमा तथा राष्ट्रपति निवास वरपर निशेधाज्ञा जारी गरेको छ । यता सरकारले भने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको सुरक्षा निकयले जनाएको छ । दुवै समुहले कार्यक्रको तयारी पुरा भएको जनाएका छन् ।

Add a new comment