Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ८ गते २०८०
बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आज शुक्रबारबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।

प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए। बल्खुमा उपस्थित भीडलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।

कार्यक्रममा राजाबादी, मिटर ब्याज पिडीत, बैंकिङ्ग पिडित तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमको समापन पछी आयोजित पत्रकार सम्मेलनमा करीब दुई लाख पचास हजारको संख्यामा मानिसहरु जम्मा भएको जनाइएको थियो ।

Add a new comment