Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

‘समुदायमा कांग्रेस’ अभियान पुस १६ गतेदेखि सुरु हुने

मेरो आर्थिक
मेरो आर्थिक
पौष १ गते २०८०
‘समुदायमा कांग्रेस’ अभियान पुस १६ गतेदेखि सुरु हुने

नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म एक महिना ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी महामन्त्री गगन थापाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ । करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ ।

उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन् । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिले ७७ जिल्लामै प्रतिनिधि खटाउने तयारी गरेको छ ।

यो अभियानका क्रममा साना(ठूला सभा तथा संगठन सुदृढीकरण लगायत काम गर्ने कांग्रेसको योजना छ ।

Add a new comment