Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज पनि विधान संशोधन प्रस्तावमा छलफल गर्दै एकीकृत समाजवादी

मेरो आर्थिक
मेरो आर्थिक
पौष ३ गते २०८०
आज पनि विधान संशोधन प्रस्तावमा छलफल गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । बैठकमा हिजो पेश भएको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको हो ।

तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको थियो । जसमा सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुशाल र उपमहासचिव प्रकाश ज्वाला रहेका थिए ।

बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने बताइएको छ ।

Add a new comment