Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

“म सबैको अभिभावक हुँ, आत्मालोचना गर्नुपर्ने अवस्था छैन” -: मन्त्री किराती

मेरो आर्थिक
मेरो आर्थिक
पौष ६ गते २०८०
“म सबैको अभिभावक हुँ, आत्मालोचना गर्नुपर्ने अवस्था छैन” -: मन्त्री किराती

पर्यटनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिको बचाऊ गर्नुभएको छ । केही दिन अघि एक इसाइ धर्मावलम्विहरुको कार्यक्रममा बोलेको मन्तब्यको बचाउ गरेका हुन् ।

आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि सामाजिक सञ्जालमार्फत उहाँले बहसका लागि धन्यवाद भन्दै आफ्नो अभिव्यक्तिको बचाऊ गर्नुभएको हो । संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उहाँको जिकिर छ । ‘अहिले म सबैको अभिभावक हुँ । त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ उहाँले भन्नुभयो, ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौं । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो ।’

उहाँले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताउनुभयो । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्म संस्कृतिहरू एकै फूलबारीमा फूलेको फूल भएको बताउनुभयो । सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरू संविधानविरोधी र देशद्रोही भएको दोहोर्‍याउनुभयो । ‘माफी माग्ने, राजीनामाको कुरा पनि छ । मैले बोलेको कुरा संविधानको भावनाअनुसार हामी चल्नुपर्छ । हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृति, फूलबारीमा फूलेको फूल जस्तै हुन् । जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु । संविधान नमान्ने देशद्रोही त हो ।’

Add a new comment