Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

मेरो आर्थिक
मेरो आर्थिक
पौष १२ गते २०८०
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल गर्न आजलाई बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउने छन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

कांग्रेसले पुसमा गर्ने भनिएको महासमिति बैठकलाई फागुन ७ देखि शुरु गरी फागुन १० गते समापन गर्ने समेत जनाएको छ ।

Add a new comment