Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

जसपाले गर्यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
पौष २१ गते २०८०
जसपाले गर्यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस  गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो । सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र  सार्वजनिक गर्ने गरेको हो ।

Add a new comment