राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाट उमेद्वार चयन : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाट उमेद्वार चयन

मेरो आर्थिक मेरो आर्थिक पौष २३ गते २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसबाट उम्मेदवारको नाम टुङ्ग्याएको छ । कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १० सिटका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

त्यसै अनुसार कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनी,  गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटा, कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ ।