सातै प्रदेशबाट राष्ट्रिय सभाका सदस्यहरु निर्वाचित, राष्ट्रपतिबाट मनोनित हुन भने बाँकी : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सातै प्रदेशबाट राष्ट्रिय सभाका सदस्यहरु निर्वाचित, राष्ट्रपतिबाट मनोनित हुन भने बाँकी

मेरो आर्थिक मेरो आर्थिक माघ १२ गते २०८०

राष्ट्रियसभामा बिहीबार १९ नयाँ सदस्य निर्वाचित भएका छन् । जसमध्ये १८ जना सत्तारुढ गठबन्धनका छन् भने एक जना एमालेसँग आवद्ध छन् । यी व्यक्तिहरूले प्रदेश सभाका सदस्यहरू, साथै स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको मतबाट आफ्नो पद सुरक्षित गरेका थिए।

बागमती प्रदेशमा चार, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिममा तीन–तीन सदस्य निर्वाचित भएका छन् । त्यस्तै कोशी, मधेस र लुम्बिनीमा दुई-दुई जना सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रपतिबाट मनोनयन हुन बाँकी रहेका एकजनासहित बिहीबार निर्वाचित भएका १९ जनाको कार्यकाल फागुन ४ गतेबाट सुरु हुनेछ ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरु यस प्रकार रहेका छन् ।
कोशी: कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस), रुक्मिणी कोइराला (एमाले)
मधेस: आनन्दप्रसाद ढुंगाना (नेपाली कांग्रेस), पूजा चौधरी (जसपा)
बागमती : जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी (नेपाली कांग्रेस), श्रीकृष्ण अधिकारी (माओवादी), घनश्याम रिजाल (एकीकृत समाजवादी)।
गण्डकी: किरणबाबु श्रेष्ठ र पद्मबहादुर परियार (नेपाली कांग्रेस), मनरुपा शर्मा (माओवादी)।
लुम्बिनी : विष्णुकुमारी सापकोटा (काँग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी)।
कर्णाली: सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णु विक (माओवादी), कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस)
सुदूरपश्चिम: नारायण भट्ट र बलदेव बोहरा (नेपाली कांग्रेस), रेणु चन्द (माओवादी)।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?