Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

हिउँदे अधिवेशन तयारीका लागि काँग्रेस आज अपराह्न बैठक बस्दै

मेरो आर्थिक
मेरो आर्थिक
माघ १९ गते २०८०
हिउँदे अधिवेशन तयारीका लागि काँग्रेस आज अपराह्न बैठक बस्दै

काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार आज अपराह्न २ बजे संसदीय दलको बैठक हुने भएको हो । उनका अनुसार बैठक सङ्घीय संसद् भवनमा हुनेछ ।

आगामी सोमबारदेखि हिँउदे अधिवेशन शुरु हुदैछ ।

उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने, संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गर्नका लागि बैठक बस्ने रमेश लेखकले बताएका छन् ।

Add a new comment