वैशाख ११ गते २०८३ --:--:--
मेनु

उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान

मेरो आर्थिक मेरो आर्थिक माघ २२ गते २०८० १२:५२ PM
उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान

काठमाडौं, २२ माघ । निर्वाचन आयोग नेपालले आफ्नो वेबसाइटमा सुचना प्रकाशित गर्दै उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरेको छ जसका लागि सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।

यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ । यस्तो कारणहरुमा विदेशिनु , मृत्यु हुन लगायतका विविध पक्ष रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?